एमसीसीबारे कांग्रेसको धारणा– सभामुखले कुनै पनि बहानामा अवरोध गर्न मिल्दैन
कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको पनि जनाएको छ । यस्तै कांग्रेसले सभामुखले कुनै पनि बहानामा एमसिसी रोक्न नमिल्ने निर्णय गरेको छ।
काठमाडौं, फागुन ४ : सत्तारुढ नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको (एमसिसी) सम्झौताबारे आधिकारीक धारणा सार्वजनिक गरेको छ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले सात पृष्ठ लामो १२ बुँदे धारणा सार्वजनिक गरेको हो।
कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको पनि जनाएको छ । यस्तै कांग्रेसले सभामुखले कुनै पनि बहानामा एमसिसी रोक्न नमिल्ने निर्णय गरेको छ।
‘राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न मिल्दैन्, कांग्रेसको निर्णयमा भनिएको छ, यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को अजेन्डा बनाउनु सभामुखको जिम्मेवारी हो।’