Kathmandu Press

चीनले विद्यालयको अत्यधिक गृहकार्यको बोझलाई थप सम्बोधन गर्ने : मन्त्रालय

बेइजिङ, फागुन ३ : चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ...
चीनले विद्यालयको अत्यधिक गृहकार्यको बोझलाई थप सम्बोधन गर्ने : मन्त्रालय

बेइजिङ, फागुन ३ : चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई कम गर्ने भएको छ।

मन्त्रालयका अनुसार अधिकारीहरूले अहिले ‘दोहोरो कटौती’ नीति कार्यान्वयनमा लान काम गरिरहेको र परम्परागत शैक्षणिक विधिका कारण छिट्टै विद्यार्थीमाथि पर्ने भारलाई थप कम गराउने बताएका छन्।

Hardik ivf

मन्त्रालयले यस नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न अझ उपयुक्त गृहकार्य, कक्षाको अध्यापनको उच्च स्तर र विद्यालयपछिको सेवाहरूको उच्च गुणस्तरको माग गरेको थियो।

विद्यालयपछिको सेवा भनेको विद्यालय सिद्धिएपछि वा शारीरिक व्यायाम, कला, साहित्य र विद्यालयपछि गरिने अन्य क्रियाकलापमा भाग लिन विद्यालय सिद्धिएपछि आमाबाबुले समयमै लिन नसक्ने विद्यार्थीहरूका लागि हो।

विद्यार्थीहरूले विगतमा विद्यालयको गृहकार्य गर्न कम समय बिताएका र देशभरिका ९२ प्रतिशत भन्दा बढी विद्यार्थीहरूले स्वेच्छाले विद्यालयपछिको अध्ययन तथा गतिविधिमा भाग लिएका मङ्गलबार मन्त्रालयद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका लु युग्याङले बताए।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्