Kathmandu Press

काेराेनाविरुद्धको खोपमा गम्भीर लापरवाही भएको छानबिन समितिकाे निष्कर्ष

काठमाडाैं, फागुन ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानबिन समितिले कोरोना भाइरसविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेकाे छ।समितिले तयार पारेको...
काेराेनाविरुद्धको खोपमा गम्भीर लापरवाही भएको छानबिन समितिकाे निष्कर्ष

काठमाडाैं, फागुन ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानबिन समितिले कोरोना भाइरसविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेकाे छ।

समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारण धेरै खाेप खेर गएकाे निष्कर्ष निकालेकाे हाे ।

समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ।

कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

प्रकाशित मिति: १९:२० बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्