Kathmandu Press

केटीएम ७९० ड्युक बाइक आउँदै

काठमाडौैं, असोज  २ : आठ लाख भारतीय रुपैयाँ भर्ने केटीएम ७९० ड्युक मोटरसाइकल आउन लागेको छ। अबको एक साताभित्र भारतीय बजारमा आउने भएको छ।

....

केटीएम ७९० ड्युक बाइक आउँदै

काठमाडौैं, असोज  २ : आठ लाख भारतीय रुपैयाँ भर्ने केटीएम ७९० ड्युक मोटरसाइकल आउन लागेको छ। अबको एक साताभित्र भारतीय बजारमा आउने भएको छ।

यो बाइक तत्काल नेपालमा आउने सम्भावना भने न्यून रहेको छ। ‘नेपालमा आउने चान्स भने एकदमै कम छ,’ केटीएम ड्युकका सेल्स अफिर सन्देश पौडेललले भने। भारतीय बजारको तुलनामा नेपालमा भने महंगो हुनेछ। नेपाल पुग्दा यसको मूल्य ३२ लाख हुने उनले बताए।

केटीएम ७९० को फ्रन्टमा ४३ मिलिमिटरको अपसाइड डाउन फर्क र रियरमा प्रि–लोड एडजसटेबल मनोसक लगाइएको छ। त्यस्तै फ्रन्टमा ट्वीन डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेक लगाइएको छ।

यसमा ७९९ सीसी ईन्जिन क्षमता रहेको छ। यो बाइकमा लिक्वीड कुल्ड एलसी ८ सि प्यारालल ट्वीन मोटर लगाइएको छ।

यसले ९ हजार आरपीएमममा १०५ पीएस पावरका साथै ८ हजार आरपीएममा ८६ एनएम टर्क उत्पादन गर्छ। इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ।

बाइकलाई चालकले बिभिन्न चार मोड स्पोर्ट, स्ट्रिट, रेन र ट्राकमा चलाउन सक्नेछन्।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्