Kathmandu Press

संसदको कार्यसूचीमा परेन् एमसीसी, सत्तारुढ कांग्रेस भन्छ–थपिन्छ 

संसद् सचिवालयले बुधबारका लागि तय गरिएको बैठकका लागि प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसको विषय समावेश नभएसँगै पेस नहुने  सम्भावना वढेको हो । 
संसदको कार्यसूचीमा परेन् एमसीसी, सत्तारुढ कांग्रेस भन्छ–थपिन्छ 

काठमाडौं, फागुन ४ : प्रतिनिधि सभाको बुधवार (भोलि) बस्ने बैठकमा पनि अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने भएको छ । 

संसद् सचिवालयले बुधबारका लागि तय गरिएको बैठकका लागि प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसको विषय समावेश नभएसँगै पेस नहुने  सम्भावना वढेको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूचीमा एमसीसी समावेश गरिएको छैन् । 

भोलिका लागि प्रकाशन भएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ ।

यता, सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले भने बैठकको कार्यसूचीमा एमसीसी थपिने दाबी गरेका छन् । 

मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिदैं कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन् ।

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो ।  

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्