बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं, फागुन ३ : गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।आज बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयले...
काठमाडौं, फागुन ३ : गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।
आज बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयले स्थापना दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको यो निर्णयसँगै बुधबार प्रदेशभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था एवं शिक्षण संस्था समेत बन्द रहने छन् ।
प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












