Kathmandu Press

इरानले अफगानिस्तानमा इन्धन ट्रान्जिट लेन खोल्ने

काबुल, फागुन ३ : इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण...
इरानले अफगानिस्तानमा इन्धन ट्रान्जिट लेन खोल्ने

काबुल, फागुन ३ : इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ।

'वास्तवमा, अफगानिस्तानलाई थप तेल र ग्यास चाहिन्छ त्यसैले हामीले इरानसँग बैठक गर्यौं र इरानी अधिकारीहरूले हामीलाई भने कि यदि हामी इरान हुँदै अन्य देशहरूबाट आयात गर्न चाहन्छौं भने, इरान आफ्नो क्षेत्रबाट पारवहन अनुमति दिन तयार छ,' अमिर खान मुत्ताकीले  एक अन्तर्वार्तामा उक्त कुरा उल्लेख गरेका छन्।

मुत्ताकीले इरानी अधिकारीहरूसँगको दुई दिनको बैठकलाई राम्रो र अफगान–इरानी सम्बन्धको अवस्था सन्तोषजनक रहेको पनि टिप्पणी गरेका छन्। उनले इरानसँग इन्धन आपूर्तिमा थप बैठकहरू गर्ने पनि जनाएका छन्।

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, फागुन ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्