Kathmandu Press

फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

पेरिस, फागुन ३ : दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन्।

फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो।

आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो।

आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ। मन्त्रीका अनुसार घटना बारे अनुसन्धान थालिएको छ।

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, फागुन ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्