कांग्रेसले फागुन २० देखि चैत ३० सम्म चुनावी अभियान चलाउने
काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने छ।
काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेकोे छ।
मंगलबार बसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पूर्ण रुपमा एकता र सक्रिय भई निर्वाचन अभियानमा लाग्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।
काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको उनले बताए । उनका अनुसार फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने छ।
आजकै बैठकले महाधिवेशन हुन नसकी म्याद नाघेका दस भ्रातृसंगठनका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णयसमेत गरेको छ।
प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











