Kathmandu Press

कांग्रेसका १० भ्रातृसंगठनकाे केन्द्रीय कार्यसमिति भंग 

मंगलबार बसको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन हुन नसकी म्याद समाप्त भएका दसवटा भ्रातृसंगठनहरुको केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।
कांग्रेसका १० भ्रातृसंगठनकाे केन्द्रीय कार्यसमिति भंग 

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसले दस भ्रातृसंगठनको केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ। 

मंगलबार बसको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन हुन नसकी म्याद समाप्त भएका दसवटा भ्रातृसंगठनहरुको केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

उनका अनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरिएको हो।

भंग भएका  भ्रातृसंगठनको फागुन अन्तिम्मसम्म नयाँ तदर्थ समिति बनाउने अधिकार सभापतिलाई दिइएको समेत प्रवक्ता महतले बताए। 

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्