Kathmandu Press

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

प्रतिनिधि सभाको बैठक भोलि बस्दै छ। बैठकलाई निर्वाध सञ्चालन गर्नका लागि संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो। 
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

काठमाडौंं, फागुन ३ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (वुधबार) बिहान साढे ११ बजे बस्नेगरी समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ। 

प्रतिनिधि सभाको बैठक भोलि बस्दै छ। बैठकलाई निर्वाध सञ्चालन गर्नका लागि संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो। 

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए। भोलिको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) टेबुल गर्ने तयारी छ। 

यसबारेमा प्रधानमन्त्रीले सभामुखसमक्ष एमसिसी टेबुल गर्न आग्रह गरिसकेका छन्। भोलिको प्रतिनिधि सभा बैठकमा पनि एमालेले अवरोध कायमै राख्ने घोषणा गरिसकेको छ।

सोही कारण कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइ बैठकमार्फत निर्वाध रुपमा सदन सञ्चालनको वातावरण बनाउन सभामुखले पहल गर्नेछन्। 

 

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्