Kathmandu Press

एमालेसहित माओवादी र एकिकृत समाजवादी पनि एमसिसीको पक्षमा उभिने कांग्रेसको विश्वास 

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसहित माओवादी केन्द्र र एकिकृत समाजवादी पनि एमसिसीको पक्षमा उभिने विश्वास प्रकट गरेको छ।कांग्रेस...
एमालेसहित माओवादी र एकिकृत समाजवादी पनि एमसिसीको पक्षमा उभिने कांग्रेसको विश्वास 

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसहित माओवादी केन्द्र र एकिकृत समाजवादी पनि एमसिसीको पक्षमा उभिने विश्वास प्रकट गरेको छ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले एमसिसी संसदमा पेस गर्ने प्रस्ताव पारित गर्दै संसदबाट अनुमोदन गराउने निर्णय गरेका कारण उनीहरु एमसिसीको पक्षमा उभिने विश्वास रहेको बताएका छन्। 

ओली नेतृत्वको मन्त्रिपरिषद्को प्रस्तावलाई२०७६ साल असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरायो। सो प्रस्तावलाई २०७६ साल पुस १५ गते जतिबेला नेपाली कांग्रेस प्रतिपक्षमा थियो, त्योबेलामा पनि संसदमा दर्ता भएको प्रस्तावलाई छलफल गरी अनुमोदन गर्नुपर्ने निर्णयलाई स्मरण गर्दै आज बसेको संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद् बैठकले संसदमा दर्ता गरेको यो प्रस्तावलाई तत्काल  संसदमा टेबल गरेर अनुमोदनको प्रकृयामा अगाडि बढाउनुपर्छ भनेर माग गर्ने निर्णय गर्यो,’ महामन्त्री थापाले भने। 

‘तत्कालीन नेकपामा आवद्ध नेताहरु अहिले फरकफरक दलमा भएपनि  उहाँहरको संयुक्त सरकारले त्यो बेलामा प्रस्ताव पारित .गरेर दर्ता गराएको विधेयक संसदमा अनुमोदनका लागि पेश हुँदै गर्दा एमाले पनि यसको पक्षमा उभिन्छ, माओवादी केन्द्र र  एकिकृत समाजवादी पनि त्यसको पक्षमा उभिन्छ भन्ने विश्वास आजको संसदीय दलले विश्वास प्रकट गरेको छ,’ उनले भने। 

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्