Kathmandu Press

भोलिको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबुल हुन्छ : प्रधानमन्त्री देउवा 

संसदमा टेबुल भएपछि सबै राजनीतिक दलहरुले एमसिसीलाई अनुमोदन गर्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो।  
भोलिको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबुल हुन्छ : प्रधानमन्त्री देउवा 

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा एमसिसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।  

कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवाले मंगलबार बसेको संसदीय दलको बैठकमा बाेल्दै भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसी टेबुल हुने बताएका हुन्। 

उनले एमसिसी देशको हितमा भएका कारण संसदमा टेबुल गरेर अनुमोदन गर्नुपर्ने बताएका प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै सांसद डिला संंग्रौलाले काठमाडौं प्रेससँग बताएकी छन्। 

यसबारेमा प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाई एमसिसीलाई भोलिको कार्यसूचीमा राख्न आग्रह गरेको उनले बताइन्। ‘मैले सभामुखसँग एमसिसीका विषयमा परामर्श गरेको छु र म भोलि संसदमा टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ’ संग्रौलाले भनिन्। 

बैठकमा सत्तारुढ गठबन्धनका अन्य दलहरुले  एमसिसी पास गर्ने विषयमा सकारात्मक सहयोग नगरेको पनि प्रधानमन्त्रीले बताए। गठबन्धन सरकारको जिम्मेवारीविपरित कम्युनिस्ट दलहरु आफ्नो कर्तव्यबाट पछि हट्न खोजेको भन्दै कुनै पनि हालतमा एमसिसीलाई संसदबाट पास गराउनुपर्ने प्रधानमन्त्रीको धारणा थियो।

संसदमा टेबुल भएपछि सबै राजनीतिक दलहरुले एमसिसीलाई अनुमोदन गर्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो।  

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्