फागुन ८ गते बस्नेगरी माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं, फागुन ३ : नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक फागुन ८ गते बस्नेगरि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले...
काठमाडौं, फागुन ३ : नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक फागुन ८ गते बस्नेगरि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।
विशेषगरी पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै पदाधिकारी चयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नका लागि बैठक बोलाइएको हो। यसअघि बोलाइएको बैठक कोभिडका कारण भन्दै स्थगित गरिएको थियो।
बैठकमा समसामयिक राजनीतिक परिवेश र स्थानीय तहको निर्वाचका बारेमा पनि छलफल हुने बताइएको छ।
मोओवादी केन्दको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि पदाधिकारी टुंगो लाग्न सकेको छैन। पदाधिकारीमा सहमति जुट्न नसकेपछि अध्यक्षको टुंगो मात्र लगाएर महाधिवेशन सकाइएको थियो।
पदाधिकारीमा विशेषगरी महासचिव पदका लागि जनार्दन शर्मा र वर्षमान पुन अनन्तबीच सहमति नजुट्दा टुंगो लाग्न नसकेको हो। वर्षमान र जनार्दन सहमतिमा नआएको अवस्थामा पदाधिकारी चयनका लागि केन्द्रीय कमिटीका सदस्यहरुले मतदान गर्नेछन्।
नेतृत्व भने सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने पक्षमा रहेको छ।











