Kathmandu Press

युक्रेन छाड्ने अमेरिकीहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

वाशिंगटन, फागुन ३ : संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले  जनाएको छ।अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको...
युक्रेन छाड्ने अमेरिकीहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

वाशिंगटन, फागुन ३ : संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले  जनाएको छ।

अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा प्रवेश गर्न सक्छन् त्यसका निम्ति थप कुनै स्वीकृति आवश्यक पर्नेछैन ।

‘हामी युक्रेनबाट स्थलमार्गबाट पोल्याण्डमा यात्रा गर्नेहरूलाई कोर्चोवा(क्राकोभेट्स वा मेडिका–शेहिनी सीमा नाकाहरू पार गर्न प्रोत्साहित गर्छौं,’ दूतावासले भनेको छ । अमेरिकी दूतावासले प्रवेश गर्ने अमेरिकी नागरिकहरूलाई सहायता प्रदान गर्न यी सीमा नाकाहरू नजिकै स्वागत केन्द्र खोलेको हो। 

मिसनले अमेरिकीहरूलाई जतिसक्दो चाँडो युक्रेन छोड्न पनि आग्रह गरेको छ। युक्रेनमा रहेका अमेरिकी नागरिकहरूले व्यावसायिक वा अन्य निजी रूपमा उपलब्ध यातायात विकल्प प्रयोग गरेर तुरुन्तै  युक्रेन छोड्नुपर्ने  बताइएको छ। 

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, फागुन ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्