Kathmandu Press

एकैदिन प्रतितोला १२ सयले वढ्यो सुनको मूल्य

काठमाडौं, फागुन ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेर ९६ हजार ७०० पुगेको छ । फागुन...
एकैदिन प्रतितोला १२ सयले वढ्यो सुनको मूल्य

काठमाडौं, फागुन ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेर ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्