Kathmandu Press

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं, फागुन ३ : वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनी ताना शर्माका नामशबाट लोकप्रिय थिए।विसं १९९१ असार...
साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं, फागुन ३ : वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनी ताना शर्माका नामशबाट लोकप्रिय थिए।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन्। 

डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए। उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो। 

उनी पाठ्यपुस्तक लेखक पनि हुन्। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ। 

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्