नेकपा (एकिकृत समाजवादी)ले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं, फागुन ३ : नेकपा (एकिकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ। फागुन ७ गते बस्ने गरी बैठक बोलाइएको एकिकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल...
काठमाडौं, फागुन ३ : नेकपा (एकिकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ।
फागुन ७ गते बस्ने गरी बैठक बोलाइएको एकिकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधरले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
देशको समसामयिक राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा छलफल गर्न पनि बैठक बोलाइएको जानकारी दिए।
एमसिसी संसदमा टेबुल भएपनि छलफल गर्न केही दिन लाग्ने भएका कारण सो विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने तुलाधरले जानकारी दिए।
प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











