एमसिसी पास गर्नुपर्ने कांग्रेस सांसदहरुको धारणा, संसदमा भोलि टेबुल हुनसक्ने
पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल हुने बताएका छन्। एमसिसी संसदमा टेबुल गर्नका लागि प्रचण्ड र माधव नेपाल पनि सहमत भएका कारण बुधबार बस्ने संसद बैठकमा यसलाई टेबुल गरिने बताएका हुन्।
काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसिसी) लाई संसदबाट पास गर्नुपर्ने धारणा राखेको छ। मंगलबार बसेको संसदीय दलको बैठकमा एमसिसी संसदमा टेबुल गरेर पास गर्नुपर्ने विषयमा छलफल भएको सांसद शशांक कोइरालाले बताएका छन्।
बैठकबाट बाहिरिने क्रममा पत्रकारहस्सँग कुरा गर्दै कोइरालाले बैठकमा उपस्थित सबै सांसदहरुले एमसिसीलाई अगाडि बढाउनुपर्ने धारणा राखेको बताएका हुन्। बैठकमा नेता रामशरण महतले एमसिसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
बैठकबाटै बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल हुने बताएका छन्। एमसिसी संसदमा टेबुल गर्नका लागि प्रचण्ड र माधव नेपाल पनि सहमत भएका कारण बुधबार बस्ने संसद बैठकमा यसलाई टेबुल गरिने बताएका हुन्।
उनले छलफल हुने वातावरण बन्ने नबन्ने भन्ने कुरा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हातमा रहेको बताए। एमाले १४ सांसदमाथि गरिएको कारवाही सभामुखले नगरेको भन्दै संसदमा नाराबाजी गर्दै आएको छ।
‘एमालेले सभामुखको राजीनामा अथवा माधव नेपाललगायत १४ सांसद उपस्थित हुनभएन भन्ने सर्त राखेका छन्,’ उनले भने, ‘भोलि संसदमा टेबुल भएपछि छलफलले रिजेक्ट अथवा पास जे गरेपनि टुंगिन्छ।’











