कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं, फागृुन ३ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा केहीबेरअघि बैठक सुरु भएको हो।
सत्तागठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि त्यसबारेमा छलफल गर्नका लागि कांग्रेस संसदीय दलको बैठक बसेको हो।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा पनि छलफल हुने कांग्रेस स्रोतले जनाएको छ।
त्यस्तै पछिल्लो राजनीतिक अवस्था र आगामी स्थानीय तहको निर्वाचनका बारेमा पछि बैठकमा छलफल हुनेछ।
प्रकाशित मिति: १०:४० बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











