Kathmandu Press

दाङमा टिप्परको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, फागुन ३ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार साइकलमा दुध बेच्न भालुवाङ जाँदै गरेकी...
दाङमा टिप्परको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, फागुन ३ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

मंगलबार साइकलमा दुध बेच्न भालुवाङ जाँदै गरेकी महिलालाई टिप्परले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो। मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ की ३५ वर्षीया डिला पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घटनापछि स्थानीय र डिलाकी आफन्तहरुले सडक अवरुद्ध गरेका छन्। अवरोधका कारण राजमार्ग भएर चल्ने सवारी साधनहरु बाटैमा रोकिएका छन्।

मृतकको शव घटनास्थानमै रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १०:०९ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्