Kathmandu Press

झापामा जङ्गली च्याउ खाँदा परिवारै सिकिस्त

झापा, असोज २ : झापाको कमल गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अन....

झापामा जङ्गली च्याउ खाँदा परिवारै सिकिस्त

झापा, असोज २ : झापाको कमल गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका हुन्।

च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएका छन्।

बिरामी भएका पाँचै जनालाई दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि  बुुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको जनाएको छ।

प्रकाशित मिति: १०:५३ बजे, बिहीबार, असोज २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्