आज कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं, फागुन ३ : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्न लागेको छ।कांग्रेस सचेतक पुष्पा भुसालले आज बिहान ९ बजे संसदीय दलको...
काठमाडौं, फागुन ३ : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्न लागेको छ।
कांग्रेस सचेतक पुष्पा भुसालले आज बिहान ९ बजे संसदीय दलको बैठक बस्न लागेको बताइन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने तय गरिएको छ।
संसदीय दलको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छलफल हुने जनाएको छ। यसलाई संसद्मा अघि बढाउने विषयमा विशेष छलफल हुने जनाइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले भोलि प्रतिनिधिसभाको बैठक बोलाएका छन्। डेढ महिनादेखि प्रतिनिधिसभाको बैठक सर्दै आएको छ।
त्यसैले आज संसदीय दलको बैठक बोलाइएको हो। आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले जानकारी दिइन्।
प्रकाशित मिति: ०७:०२ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











