Kathmandu Press

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश

काठमाडौं, फागुन ३ : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरिएको छ।सरकारले गठन गरेको सिफारिश समितिको सोमबार बसेको बैठकले बोर्डको...
धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश

काठमाडौं, फागुन ३ : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरिएको छ।

सरकारले गठन गरेको सिफारिश समितिको सोमबार बसेको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरेको हो। अध्यक्षका लागि कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल सिफारिश भएको एक सदस्यले जानकारी दिए।

सिफारिश भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ। अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो।

१५ जनामध्ये छनोट तथा सिफारिश समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो। पाँच जनामध्येबाट पनि तीन जनालाई सिफारिश गरिएको हो।

यसअघिका अध्यक्ष भीष्म ढुंगानाले राजीनामा दिएका थिए। सेयर खरिदबिक्रीको विवादमा मुछिएपछि उनले राजीनामा दिएका थिए।

प्रकाशित मिति: ०६:५५ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्