प्रदेश १ को नाम ‘विराट’ राख्न माग
विराटनगर, फागुन ३ : प्रदेश १ लाई विराट प्रदेश नामकरण गर्नुपर्ने राजवंशी समाज उत्थान समितिले माग गरेको छ।समितिको यही फागुन ६ गते हुने...विराटनगर, फागुन ३ : प्रदेश १ लाई विराट प्रदेश नामकरण गर्नुपर्ने राजवंशी समाज उत्थान समितिले माग गरेको छ।
समितिको यही फागुन ६ गते हुने १५औं बृहत् भेलापूर्व आयोजित गरिएको पत्रकार सम्मेलनमा विराट राजासँग जोडिएको विराट राजवंशीहरु पूर्वी नेपालको आदिवासी भएकाले यस क्षेत्रको सामूहिक पहिचानका लागि प्रदेशको नाम विराट हुनुपर्ने समाजले जनाएको छ।
समितिका अध्यक्ष भुवनेश्र मण्डलले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्नुपर्ने माग गरे। समितिले विराट राजवंशीलाई राज्यको हरेक अङ्गमा स्थान सुरक्षित गर्नुपर्ने, यस समुदायलाई विराटनगरको प्रथम जातिका रूपमा घोषणा गर्नुपर्ने, प्रदेशसभा सदस्यमा यस जातिलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, विराटनगर महानगरपालिका, कटहरी, जहदा बुढीगङ्गा, धनपालथान र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद् बनाउनुपर्ने, यस समुदायको उत्थानका लागि प्रत्येक तह र अङ्गमा छुट्टै आरक्षणको व्यवस्था गनुपर्ने र विराटनगरको भेडियारीस्थित विराट दरबार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रका रूरुपमा विकास गर्नुपर्नेलगायत माग राखेको छ।
अध्यक्ष मण्डलले आफ्ना मागका सम्बन्धमा विगतमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको जानकारी दिए। माग पूरा नभए आन्दोलन गर्ने समितिले चेतावनी दिएको छ। (रासस)











