त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी दर्ता
काठमाडौं, फागुन २ : हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । त्रिपाठीको नेतृत्वमा ३३ जनाको सनाखत सहित सो...
काठमाडौं, फागुन २ : हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । त्रिपाठीको नेतृत्वमा ३३ जनाको सनाखत सहित सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो।
उक्त पार्टीको वरिष्ठ उपाध्यक्षमा महोत्तरीका डा.शिवजी यादव रहेका छन् भने झापाका हर्कलाल सिंह राजवंशी, सर्लाहीका मोहम्मद साबिर हुसेन तथा कपिल्वस्तुका फरहान अकबाल खाँ उपाध्यक्ष छन्।
कपिलवस्तुका ईश्वरदयाल मिश्र र रपन्देहीका डा.भरतकुमार थापा महासचिव छन्।
प्रकाशित मिति: २०:०० बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











