Kathmandu Press

नेपाल आयरल्यान्डसँग १६ रनले पराजित

काठमाडौं, फागुन २ : टि–२० विश्वकपको ग्लोबल छनोटको तयारी लागि आयोजना गरिएको चार देशीय टि–२० सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित...
नेपाल आयरल्यान्डसँग १६ रनले पराजित

काठमाडौं, फागुन २ : टि–२० विश्वकपको ग्लोबल छनोटको तयारी लागि आयोजना गरिएको चार देशीय टि–२० सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ। 

ओमानस्थित अल अमोरात क्रिकेटमा मैदानमा १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए। उनले ३० बलमा समान १ चौका र छक्का प्रहार गरे। यस्तै, ओपनर आसिफ सेखले २२ बलमा २३ रन बनउाँदा कुशल भुर्तेल १५ र कमलसिंह ऐरीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

नेपाललाई सस्तैमा रोक्ने क्रममा मार्क अदाइर, एन्डी म्याकब्रिन, ब्यारी म्याकार्थी र सिमी सिंहले समान २ विकेट लिए। घातक बलिङ गरेका म्याकब्रिनले ४ ओभरमा १३ रन मात्र खर्चिए।

अफ स्पिनर दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरेपछि यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्ड इनिङको अन्तिम बलमा अलआउट हुँदै १२७ रनमै समेटिएको थियो। आयरल्यानडका जर्ज डकरेलले २२ बलमा सर्वाधिक २८ रन बनाउँदा कर्टिस च्याम्परले २० र कप्तान एन्डी बेलबिनेइले १९ रनको योगदान दिए । यस्तै, लोकएन टुकरले १५ र शन गेटकेटले १४ रनको योगदान दिए।

आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहराले समान १ विकेट लिए।

सिरिजमा नेपाल ३ मध्ये २ खेल जित्यो । जसमध्ये पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो।

प्रकाशित मिति: १९:०९ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्