Kathmandu Press

एमसिसीलगायत विषयमा सदनमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय हुन्छ : सभामुख सापकोटा

काठमाडौं, फागुन २ : सभामुख अग्नि सापकोटाले एमसिसीलगायतका विषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका छन्।सिंंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको...
एमसिसीलगायत विषयमा सदनमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय हुन्छ : सभामुख सापकोटा

काठमाडौं, फागुन २ : सभामुख अग्नि सापकोटाले एमसिसीलगायतका विषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका छन्।

सिंंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफू सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका हुन्।

बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए। बैठकपछि सभामुख सापकोटाले सबै दलले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए। उहाँले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे।

आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उनले बताए। सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उहाको भनाइ छ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिए। उनले एमसीसी लगाएतका बिषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताए। उनले आफ्ना सांसदहरुको कारबाहीबारे एमालेले राखेको अडान उचित नभएको धारणा राखे।

सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएन। 

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्