Kathmandu Press

किंवदन्तीमा तीन भ्यालेन्टाइन 

यो प्रेमको पर्व एक भ्यालेन्टाइन नामका सन्तसँग जोडिएको किंवदन्ती आउँछ । सन्त भ्यालेन्टाइनलाई प्रेमको प्रतीक मानेर यो दिवस मनाइन्छ । यद्यपि ‘भ्यालेन्टाइन्स डे’ कहिलेदेखि सुरु भयो भन्ने सन्दर्भ रहस्यकै घेरामा छ । 
किंवदन्तीमा तीन भ्यालेन्टाइन 

काठमाडौं, फागुन २ : हरेक वर्ष १४ फेब्रुअरीलाई पश्चिमा देशहरुमा ‘भ्यालेन्टाइन्स डे’ अर्थात् ‘प्रेम दिवस’का रूपमा मनाउने गर्छन् । यो दिवस पछिल्लो समय नेपाली युवाबीच पनि लोकप्रिय बन्दै गइरहेको छ ।।

यस अवसरमा प्रेम प्रस्ताव राख्ने, प्रेमी वा प्रेमिकालाई चकलेट दिने, कार्ड–गिफ्ट साटासाट गरी प्रेम अभिव्यक्त गर्ने पनि गरिन्छ । 

यो प्रेमको पर्व एक भ्यालेन्टाइन नामका सन्तसँग जोडिएको किंवदन्ती आउँछ । सन्त भ्यालेन्टाइनलाई प्रेमको प्रतीक मानेर यो दिवस मनाइन्छ । यद्यपि ‘भ्यालेन्टाइन्स डे’ कहिलेदेखि सुरु भयो भन्ने सन्दर्भ रहस्यकै घेरामा छ । 

तीन सन्त भ्यालेन्टाइन 

भ्यालेन्टाइनको कथा पनि विविध छन् । रोमान्सको महिना फेब्रुअरीमा चर्चामा आउने भ्यालेन्टाइन्स आखिर को हुन् त ? 

भ्यालेन्टाइनका सम्बन्धमा केही किंवदन्ती प्रचलित छन् । क्याथलिक चर्चले तीन भ्यालेन्टाइनलाई मान्यता दिएको छ, जो सबै सहिद भएका थिए । 
तेस्रो शताब्दीमा रोमका सम्राट क्लाउडियस द्वितीयले विवाहमा रोक लगाएका थिए । सो कुरा त्यहाँका भ्यालेन्टाइन नामका सन्तलाई चित्त बुझेन । 

उनले सिपाहीहरुको लुकिछिपी विवाह गराउन थालेका थिए । जसको जानकारी पाउनुबित्तिकै उनलाई राजा क्लाउडियसबाट फाँसीको सजाय भयो । यो त भयो सुनिरहेको भ्यालेन्टाइनको किस्सा । 

भ्यालेन्टाइनबारे अर्को अनुमान गरिन्छ । उनी भने इटालीस्थित टर्नीका थिए । उनको मृत्यु पनि रोमका सम्राट क्लाउडियस द्वितीयकै हातबाट भएको थियो । सम्राट क्लाउडियसले रोम सहर बाहिर उनको शिर छेदन गरेका थिए । यिनै भ्यालेन्टाइनको मृत्युको दिन शोकका रूपमा बिदा दिएको पनि भनिन्छ । 

यसबाहेक अर्को मिथक भने क्रिस्चियनहरूलाई रोमको जेलबाट भगाउन सहयोग गर्ने सेन्ट भ्यालेन्टाइन्सको कथामा आधारित छ । रोममा कैद गरिएका क्रिस्चियनहरूलाई पीडा तथा दुःख धेरै दिइन्थ्यो । कैदीलाई भगाउने क्रममा उनलाई फाँसी दिएको पनि भनिन्छ । 

यी दुईबाहेक अर्का भ्यालेन्टाइनको पनि कथा छ । एक भ्यालेन्टाइन, जसले कैदी जीवन बिताइरहेका थिए, जेलरकी छोरीसँग उनको प्रेम थियो । उनी आफ्ना पितासँगै बेलाबेला कैदी जीवन अवलोकन गर्न आउँथिन् । भ्यालेन्टाइनले आफू मृत्युशय्यामा पुग्दा जेलरकी छोरीका लागि प्रेमपत्र लेखे, जसमा उनले ‘फ्रम योर भ्यालेनटाइन’ उल्लेख गरेका थिए । जुन आजसम्म प्रचलित छ ।

यद्यपि भ्यालेन्टाइनका किंवदन्तीका पछाडि कुनै सत्यता छैन । सबै कहानीले सहानुभूति, वीरता र रोमान्सलाई संकेत गरेका छन् । मध्य युगमा आएर भने बेलायत र फ्रान्समा सन्त भ्यालेन्टाइनको कथा प्रख्यात भयो ।

एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्