Kathmandu Press

सीमामा सेना परिचालनबारे ४८ घण्टाभित्र वार्ता गर्न रुसलाई युक्रेनको आग्रह

सीमामा सेना परिचालनबारे ४८ घण्टाभित्र वार्ता गर्न रुसलाई युक्रेनको आग्रह

किभ, फागुन २ : युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतबार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्।

ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजातअन्तर्गत किभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन्।

‘हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग यसको सुदृढीकरणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं,’ उनले भने। पछिल्ला केही महिनामा पश्चिम र युक्रेनले रसियालाई ‘आक्रमण’ को कथित तयारीमा युक्रेनी सीमानजिकै सेना निर्माण गरेको आरोप लगाएका छन्।

मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र कसैलाई धम्की नदिएको बारम्बार भनिरहेको छ तर रूसी सिमानानजिक नाटोको सैन्य गतिविधिबारे भने कडा चिन्ता व्यक्त गरेको छ।

रुसले नाटोको यस्ता गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ। अर्कोतिर मस्कोले पनि रुसलाई आफ्नो राष्ट्रिय क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, फागुन २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्