नेपाली उत्पादनको प्रवर्धन गर्न ई-कमर्स कम्पनी भेषभूषा
काठमाडाैं, फागुन २ : नेपाली उत्पादनको प्रवर्धन गर्ने लक्ष्यसहित ई-कमर्स कम्पनी भेषभूषा सञ्चालनमा आएको छ।सोमबार काठमाडौं आयोजित कार्यक्रमकाबीच स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका...
काठमाडाैं, फागुन २ : नेपाली उत्पादनको प्रवर्धन गर्ने लक्ष्यसहित ई-कमर्स कम्पनी भेषभूषा सञ्चालनमा आएको छ।
सोमबार काठमाडौं आयोजित कार्यक्रमकाबीच स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको ई-कमर्स कम्पनी भेषभूषाको महानायक राजेश हमालले शुभारम्भ गरे।
भेषभूषामा हरेक नेपालीले आफ्नो उद्देश्य र पेसाअनुरूपको पहिरन, जीवन शैलीका सामानहरू छनोट गर्न ई-कमर्स कम्पनी भेषभूषा सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए। स्वदेशी र विदेशी ब्राण्डका कम्पनीहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालनमा ल्याएको उनको भनाइ छ।
आगामी दिनमा सौन्दर्य प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा शुभारम्भ गर्ने लक्ष्य रहेका कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: १७:१० बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











