काठमाडौं उपत्यकामा थप २२६ जनामा कोरोना संक्रमण
काठमाडौं, फागुन २ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १८१, ललतिपुरमा ३० र भक्तपुरमा १५...
काठमाडौं, फागुन २ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १८१, ललतिपुरमा ३० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर भने कुल ७४७ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा कुल ९ हजार ६६७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ४ हजार ९०१, ललितपुरमा २ हजार ७१० र भक्तपुरमा १ हजार १९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर २० हजार ७३९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०६ बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











