Kathmandu Press

युक्रेन छाड्दै जापानी दूतावासका कर्मचारी

टोकियो , फागुन २ : जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान...
युक्रेन छाड्दै जापानी दूतावासका कर्मचारी

टोकियो , फागुन २ : जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।

किभस्थित जापानी दूतावासले आइतबार आफ्नो अधिकांश कर्मचारी युक्रेन छोड्ने बताएको छ। सीमा नजिक मस्कोको सैन्य निर्माण पछि सम्भावित रुसी आक्रमणलाई लिएर तनाव द्रुततर गतिमा बढिरहेको छ।

जापानी समाचार एजेन्सीका अनुसार शुक्रबार युक्रेनमा रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ ूकेहीू कर्मचारीहरू मात्र देशमा रहने भएकाले सोमबारदेखि यसको काम थप सीमित हुनेछ। 

यसैबीच, धेरै देशहरूले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन्।

वाशिंगटनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ र शनिबार आफ्ना दूतावासका अधिकांश कर्मचारीहरूलाई बाहिरिन आदेश दिएको छ।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, फागुन २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्