Kathmandu Press

थप ७४७ जनामा कोरोना पुष्टि, २ हजार ३१९ जना डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ नमूनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४२७ नमूनाको एन्टीजेन परीक्षण गर्दा २६५जनामा संक्रमण पुष्टि भएको हो। 
थप ७४७ जनामा कोरोना पुष्टि, २ हजार ३१९ जना डिस्चार्ज

काठमाडौं, फागुन २ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ नमूनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४२७ नमूनाको एन्टीजेन परीक्षण गर्दा २६५जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा २ हजार ३१९ जना संक्रमणमुक्त हुँदा ८ जनाको मृत्यु भएको छ।

योसंगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख १९ हजार ५४१ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३७ हजार ६७७ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ। कोरोनाबाट हालसम्म ११  हजार ९०० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

आइतबार देशभर २० हजार ७३९ सक्रिय संक्रमित रहेका छन्। तीमध्य १९ हजार ९३० जना होम आइसोलेसनमा रहेका छन् भने ८०९  जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

संस्थागत आइसोलेसनमा रहेका मध्य १७८ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै ११३ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्