Kathmandu Press

सिंहदरबारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित 

काठमाडौं, फागुन २ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका सर्वदलीय बैठक सिंहदरबारमा जारी छ।बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष...
सिंहदरबारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित 

काठमाडौं, फागुन २ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका सर्वदलीय बैठक सिंहदरबारमा जारी छ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी छन्।

बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी छन् । 

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाएका थिए।

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्