पास-फेल जे भए पनि एमसिसीलाई संसदमा टेबुल गर्नुपर्छ : पाैडेल
काठमाडाैं, फागुन २ : कांग्रेस नेता रामचन्द्र पौडेलले एमसिसी पास-फेल जे भए पनि संसदमै टेबुल हुनुपर्नेमा जोड दिएका छन्।आदिकवि भानु साहित्यिक अध्ययन समितिले आयोजना...
काठमाडाैं, फागुन २ : कांग्रेस नेता रामचन्द्र पौडेलले एमसिसी पास-फेल जे भए पनि संसदमै टेबुल हुनुपर्नेमा जोड दिएका छन्।
आदिकवि भानु साहित्यिक अध्ययन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमसिसी संसदमा टेबुल गर्न कसैले रोक्न नहुने बताए। सभामुख अग्नि सापकोटाले एमसिसी रोकेर नराख्ने पनि उनले स्पष्ट पारे।
‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न,’ उनले भने, ‘अब संसदमा एमसिसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ।’
उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव स्वाभाविक भएको बताए।
‘नेपाल बार र न्यायाधीशहरूले नै उहाँको सम्मानजनक बहिर्गमन चाहनुभएको थियो,’ उनले भने, ‘तर उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन। त्यो भनेको महाअभियोग लगाएर देखाउm भनिएको हो। त्यसैले महाभियोगको प्रस्ताव ल्याएका हौं। यसलाई कसैले अस्वाभाविक रूपमा लिनुहुन्न।’











