Kathmandu Press

एमाले संसदीय दलको बैठकमा रावल र भुसालको प्रस्ताव – चोलेन्द्र र एमसिसीलाई नबोकौं

काठमाडौं, फागुन २ : नेकपा एमालेका नेता भीम रावल र घनश्याम भुसालले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन्। सोमबार बसेको संसदीय...
एमाले संसदीय दलको बैठकमा रावल र भुसालको प्रस्ताव – चोलेन्द्र र एमसिसीलाई नबोकौं

काठमाडौं, फागुन २ : नेकपा एमालेका नेता भीम रावल र घनश्याम भुसालले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन्। 

सोमबार बसेको संसदीय दलको बैठकमा रावल र भुसालले चुनावको मुखमा जबरालाई नबोक्न उनीहरुले आग्रह गरेका हुन्। त्यस्तै प्रतिनिधि सभा पुनस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि महाभियोग लगाउने बारेमा पनि निर्णय नगर्न उनीहरुको आग्रह छ। 

दुई नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिन पनि नेतृत्वलाई सुझाव दिएका छन्।

बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भने- यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन ।

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्