Kathmandu Press

महाअभियाेग प्रस्ताव फिर्ता माग गर्दै स्वतन्त्र कानुन व्यवसायीकाे प्रदर्शन

काठमाडाैं, माघ २ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नेपाल स्वतन्त्र कानुन व्यवसायी एसोसिएसनले प्रदर्शन गरेको छ।एसोसियसनमा आबद्ध कानुन व्यवसायीलगायतले आज (सोमबार)...
महाअभियाेग प्रस्ताव फिर्ता माग गर्दै स्वतन्त्र कानुन व्यवसायीकाे प्रदर्शन
तस्बिर : सुजल बज्राचार्य

काठमाडाैं, माघ २ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नेपाल स्वतन्त्र कानुन व्यवसायी एसोसिएसनले प्रदर्शन गरेको छ।

एसोसियसनमा आबद्ध कानुन व्यवसायीलगायतले आज (सोमबार) माइतीघर मण्डलामा प्रदर्शन गरेर महाअभियाेगको प्रस्ताव तुरून्त फिर्ता गर्न माग गरेका छन्।  

प्रदर्शनमा सहभागी हुनेहरूले राष्ट्रिय झन्डासँगै ‘महाअभियोगको प्रस्ताव तुरुन्त फिर्ता गर’, ‘अदालतमाथि राजनीतिक हस्तक्षेप बन्द गर’, ‘स्वतन्त्र न्यायपालिका कायम गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहित आइतबार संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो। महाअभियोगको प्रस्ताव दर्तालगत्तै उनी निलम्बनमा परेका हुन्। 

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्