Kathmandu Press

जबराविरुद्ध महाअभियोग प्रस्ताव गलत : ओली

काठमाडौं, फागुन २ : एमाले अध्यक्ष एवं सांसदीय दलका नेता केपी ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव गलत र षड्यन्त्रकारी कदम भएको भन्दै...
जबराविरुद्ध महाअभियोग प्रस्ताव गलत : ओली

काठमाडौं, फागुन २ : एमाले अध्यक्ष एवं सांसदीय दलका नेता केपी ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव गलत भएकाे बताएका छन्।

आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलले दर्ता गरेको सो महाअभियोग प्रस्ताव स्थानीय तहकाे निर्वाचन नगराउने षड्यन्त्र भएको पनि दोहोर्‍याएका छन्। महाअभियोग दर्ता भएलगत्तै उनले आइतबार पनि त्यस्तै प्रतिक्रिया दिएका थिए।

सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक खालको गरिएको भए पनि त्यसको एक सातापछि महाअभियोग आउनु षड्यन्त्रकारी कदम भएको भनी नेता ओलीले बताएको बैठकमा सहभागी एक नेताले बताए।

सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाअभियोग ल्याएको भए प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्ने तर त्यसाे नगरेर जबरामाथि अकस्मात् महाभियोग लगाएर स्थानीय तहकाे निर्वाचन सार्ने अस्त्र प्रहार गरेकाे आरोप उनले लगाएका छन्।

प्रकाशित मिति: १४:०२ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्