कांग्रेसले मंगलबारका लागि डाक्यो संसदीय दलको बैठक
काठमाडाैं, फागुन ३ : नेपाली कांग्रेसले भोलि (मंगलबार) का लागि संसदीय दलको बैठकको बैठक डाकेको छ। कांग्रेस संसदीय दलको कार्यालयले आज (सोमबारं) एक सूचना...
काठमाडाैं, फागुन ३ : नेपाली कांग्रेसले भोलि (मंगलबार) का लागि संसदीय दलको बैठक डाकेको छ।
कांग्रेस संसदीय दलको कार्यालयले आज (सोमबार) एक सूचना जारी गरेर मंगलबार बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो।
बुधबारदेखि बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न र आवश्यक रणनीति तय गर्न बैठक डाकिएको बताइएको छ।
सत्ता गठबन्धनमा आबद्ध तीन मुख्य दलका ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा आइतबार महाभियोग दर्ता गरेसँगै उत्पन्न परिस्थितिमा प्रमुख घटक कांग्रेसले कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकमा छलफल हुने बताइएको छ।
संसदमा निरन्तर अवरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल एमालेले सत्ता गठबन्धनद्वारा दर्ता गरिएको महाभियोग प्स्ताव पारित हुन नदिने निर्णय गरिसकेको छ। अबको संसद बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव टेबुल गर्ने तयारी भइरहेको अवस्थामा कांग्रेस सांसदको भूमिका कस्तो हुने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ।











