Kathmandu Press

कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान

काठमाडौं, फागुन २ : न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन्।सर्वोच्च अदालतका प्रवक्ता...
कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान

काठमाडौं, फागुन २ : न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गर्नुभएको जानकारी दिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिरहेका कार्कीले सो बैठक बोलाए। 

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्