Kathmandu Press

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

किभ, फागुन २ : अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ। युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाबारे...
अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

किभ, फागुन २ : अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ। युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाबारे उनीहरुका बीचमा आइतबार फोनवार्ता भएको समाचारमा जनाइएको छ।

यस विषयमा कुराकानी गर्न अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई फोन गर्नुभएको ह्वाइट हाउसले जानकारी दिएको छ। रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ।

Hardik ivf

अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ। यही कारण दर्साएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्।

समाचार स्रोतहरुले अमेरिकाले किभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन्। तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन।

यसअघि देखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशहरुले पनि युक्रेनबाट आफ्ना कर्मचारीहरु फिर्ता लगेका छन्। उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको पनि समाचारमा जनाइएको छ।

आइतबार भएको दुई देशका राष्ट्रपतिबीचको फोनामा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको हो।

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्