चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ
इस्लामाबाद, फागुन २ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएको छ।उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तर्क्रियामा आइतबार सो कुरा बताएको...
इस्लामाबाद, फागुन २ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएको छ।
उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तर्क्रियामा आइतबार सो कुरा बताएको इस्लामाबादबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गरेका थिए। सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि बताएका थिए।
प्रधानमन्त्री खानले सो भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी पनि उनले त्यस अवसरमा दिएको समाचारमा जनाइएको छ।
उनी बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी भएको थियो। त्यस भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
प्रकाशित मिति: ११:५८ बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












