Kathmandu Press

बेइजिङमा भारी हिमपात, ओलम्पिकका पाहुनालाई गाह्रो

बेइजिङ, फागुन २ : चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ। आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित...
बेइजिङमा भारी हिमपात, ओलम्पिकका पाहुनालाई गाह्रो

बेइजिङ, फागुन २ : चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ। आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ।

यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ। यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ। यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ।

त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो। बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ। त्यस्तै नागरिकहरुलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ।

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, फागुन २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्