Kathmandu Press

‘जनयुद्ध’ शब्दलाई प्रयोग गर्नु माओवादी भाष्यलाई अनुमोदन गर्नु हो : रविन्द्र मिश्र 

काठमाडौं, फागुन २ : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ‘जनयुद्ध’ शब्दको प्रयोग सहजतापूर्वक भएप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत मिश्रले जनयुद्ध शब्द प्रयोग गर्नु...
‘जनयुद्ध’ शब्दलाई प्रयोग गर्नु माओवादी भाष्यलाई अनुमोदन गर्नु हो : रविन्द्र मिश्र 

काठमाडौं, फागुन २ : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ‘जनयुद्ध’ शब्दको प्रयोग सहजतापूर्वक भएप्रति आपत्ति जनाएका छन्। 

सामाजिक सञ्जालमार्फत मिश्रले जनयुद्ध शब्द प्रयोग गर्नु माओवादी भाष्यलाई अनुमोदन गर्नु रहेको बताएका हुन्। उनले दश वर्षको अवधिमा जेजे भयो त्यो जनयुद्ध नभई सशस्त्र द्वन्द्व रहेको समेत बताएका छन्। 

उनले जनयुद्ध शब्दलाई प्रयोग गर्ने नै हो भने उद्दरण गरेर गर्नुपर्ने उल्लेख गरेका छन्। 

'धेरैले सहजतापूर्वक 'जनयुद्ध' शब्द प्रयोग गरेको देख्छु। जे भयो त्यो 'सशस्त्र द्वन्द्व (armed conflict)' हो, जसमा विद्रोही पक्षका केही हजार लडाकु संलग्न थिए। त्यो जनयुद्ध होइन। जनयुद्ध शब्द प्रयोग गर्नु भनेको माओवादी भाष्यलाई अनुमोदन गर्नु हो। गर्ने नै हो भने उद्दरण गरेर गर्नुपर्छ,' उनले लेखेका छन्। 

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्