Kathmandu Press

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने 

काठमाडौं, फागुन २ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई एमालेले बहिस्कार गर्ने भएको छ। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न...
सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने 
फाइल तस्बिर

काठमाडौं, फागुन २ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई एमालेले बहिस्कार गर्ने भएको छ। 

महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको हो। 

एमालेले सभामुखविरुद्ध लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ। ‘सभामुखविरुद्ध संघर्ष गरिरहेको पार्टी सभामुखले नै बोलाएको बैठकमा जानुको औचित्य रहँदैन, त्यसैले एमाले सर्वदलीय बैठकमा जाँदैन,’ एमालेका एक नेताले भने। 

आइतबार बसेको बैठकले प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेले निर्णय गरेको थियो।  प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ताको काउन्टरमा एमालेले पनि प्रतिनिधि सभा विघटन बदरको फैसला गर्ने थप चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ। 

सभामुख सापकोटाविरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गर्ने सम्भावना रहेको बताइएको छ। प्रतिनिधि सभाको एक चौथाई सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गर्न सक्नेछन्। पारित गराउन दुई तिहाई आवश्यक रहन्छ। 

प्रकाशित मिति: १०:१६ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्