एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं, फागुन २ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न नेकपा (एमाले) संसदीय दलको बैठक बस्न लागेको छ।सत्तारुढ गठबन्धनका...काठमाडौं, फागुन २ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न नेकपा (एमाले) संसदीय दलको बैठक बस्न लागेको छ।
सत्तारुढ गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसको एमालेले विरोध गरेको छ। त्यसबारे थप छलफल गर्न आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको हो।
महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो। आज संसदीय दलको बैठकबाट थप निर्णय गरिने जनाएको छ।
प्रकाशित मिति: ०८:१६ बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











