Kathmandu Press

महाअभियोगबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, फागुन २ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको छ।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय...
महाअभियोगबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, फागुन २ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको छ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

बैठकमा संसद्को गतिरोध अन्त्य तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगायतका विषयमा छलफल हुने जनाइएको छ। संसद्मा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बोलाइएको छ।

 

प्रकाशित मिति: ०७:२६ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्