Kathmandu Press

पोखरेलद्वारा प्रशासकीय भवनको उद्घाटन

विराटनगर, फागुन १ : नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवनको आज शिलान्यास गरेका छन। उनले इटहरी उपमहानगरपालिका...
पोखरेलद्वारा प्रशासकीय भवनको उद्घाटन
Hardik ivf

विराटनगर, फागुन १ : नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवनको आज शिलान्यास गरेका छन। उनले इटहरी उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा सांस्कृतिक भवन उत्तरपट्टि भवनको शिलान्यास गरेका हुन। नौ करोड १८ लाख २४ हजार ३६४ लागतमा छ तले भवन निर्माण हुनेछ।
    
सो अवसरमा पूर्वउपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरपालिकामा भएका विकास निर्माणका कार्यको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नसक्ने भन्दै उहाँले जनप्रतिनिधि जनताको परीक्षणमा खरो उत्रन सक्नुपर्नेमा जोड दिए। उनले स्थानीय तहले आधारभूतरूपमा उल्लेख्य कार्य गरेको बताए।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो कार्यकालमा इटहरीको विकास र समृद्धिका लागि उल्लेख्य कार्य भएको बताए। जनताको सहयोगमा पूर्वाधार निर्माणमा इटहरीले फड्को मारेको उनको दाबी थियो।
     
उनले अब बाँकी १०० दिनमा ५० भन्दाबढी योजना सम्पन्न अवस्थामा रहेको जानकारी दिए। उपप्रमुख लक्ष्मी गौतमले कोभिडका कारण ५०० दिन विकास निर्माणका काम प्रभावित भए पनि भौतिक पूर्वाधार निर्माणमा इतिहास रच्न सफल भएको बताए।
    
उनले गाउँगाउँका सडक कालोपत्र भएको, दुई वटाबाहेक सबै वडा कार्यालय भवन निर्माण भएको, १४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको जानकारी दिए। कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जनप्रतिनिधिले जनताको चाहना र आवश्यकतामा ध्यान दिएकामा खुसी व्यक्त गरे।
    
पूर्वउपप्रधानमन्त्री पोखरेलले आजै इटहरी वडा नं १७ खर्सेला खोलामा निर्मित पुलको उद्घाटन गरे। सो पुल २२ लाख एक हजार रूपैयाँ लागतमा निर्माण भएको हो।

प्रकाशित मिति: २०:२७ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्