उमेर विवादका कारण सुदूरपश्चिम प्रदेशसभा सचिवले दिए राजीनामा

काठमाडौं, फागुन १ : उमेरको विवाद बाहिरिएपछि सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका छन् ।
धामीले सभामुख अर्जुनबहादुर थापासमक्ष दिएको राजीनामा आइतबार स्वीकृत भएको हो। उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म मिति रहेको भेट्टिएपछि धामीको नियुक्ति नै गैरकानुनी भएको भन्दै विवाद उत्पन्न भएको थियो।
धामीले आफ्नो उमेरका बारेमा प्रश्न उठेकाले सभामुख थापाको परामर्शमा राजीनामा दिएको बताए। शैक्षिक प्रमाणपत्रमा २०१६-११-२९ रहेकोमा नागरिकतामा भने २०३३ सालमा १८ वर्ष उल्लेख छ।
प्रदेशसभा सचिव नियुक्त हुने कानुन प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रावधानमा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।
प्रकाशित मिति: २०:१४ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











